ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै

काठमाडौं : अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौँ देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भएको छ ।

ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् । यसमा भुटान, अफगानिस्तान, इरान, सिरिया, क्युबा र उत्तर कोरिया तथा अन्य देशहरू समावेश छन् । उनीहरूको भिसामा पूर्ण प्रतिबन्ध लगाइनेछ । त्यस्तै दोस्रो समूहमा पाँच देशका नामहरू छन् । यसमा इरिट्रिया, हाइटी, लाओस, म्यानमार र दक्षिण सुडान समावेश छन् । यी देशहरूलाई आंशिक निलम्बन गरिने छ, जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई पनि असर गर्नेछ । त्यसैगरी तेस्रो समूहमा कुल २६ देशहरू समावेश छन् । यसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान जस्ता देशहरू समावेश छन् ।

khadya

यदि यी देशका सरकारहरूले ‘६० दिनभित्र कमजोरी सम्बोधन गर्न प्रयास नगरे भिसा जारी गर्न आंशिक प्रतिबन्ध लगाउने बताइएको छ ।ट्रम्प प्रशासनका अधिकारीलाई उदृत गर्दै यो सूचीमा परिवर्तन हुन सक्ने र यसलाई अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार