बाजुरामा जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाइयो

बाजुरा : बाजुरामा जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो भाइरल भएको छ । बाजुरा जगनाथ गाउँपालिका – ६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको भिडियो भाइरल भएको हो । भिडियोमा कर्णाली नदीको किनारमा गाईलाई बल प्रयोग गरेर नदीमा बगाइएको देखिन्छ । गाई नदीमा बगाउँदा फर्किन खोज्दा स्थानीयले ढुंगा हानेर फर्काइरहेका छन । गाई दुई पटक फिर्ता नदी किनारामा आउन खोजेपछि स्थानीयले गाईलाई ढुंगा हानेर लखेटेको भिडियोमा देख्न सकिन्छ ।

शनिवार स्थानीय पत्रकार धनबहादुर बीसीले यो भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अहिले भाइरल भएको छ । उनका अनुसार स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले गाईलाई नदीमा बगाएका थिए । परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कृत्य हुँदै आएको उनले बताए ।

‘गाउँमा कसैको मृत्यु भएपछि नदीमा डुबाएर गौदान दिने गरिन्छ’ उनले भने ‘यसरी गौदान गर्दा पापमुक्त हुने अन्धविश्वास छ ।’ जगनाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले भने पछिल्लो घटनाबारे जानकारी नभए पनि यो परम्परा भने उहिलेदेखि चलेको बताए । उनले भने ‘बिचमा रोकिएको थियो । अहिले फेरि सुरु भएछ, मलाई थाहै भएन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार