बैतडीमा घट्यो नियमित परीक्षा दिने विद्यार्थीको संख्या

बैतडी : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षा दिने विद्यार्थी घटेका छन् । तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष ५७० जना नियमित विद्यार्थी घटेका हुन । २०८० सालमा चार हजार ८७७ जना नियमित परीक्षार्थी रहेकोमा यस वर्ष घटेर चार हजार ३०७ जना नियमित परीक्षामा सहभागी हुँदै छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार जिल्लाका २७ वटा परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार ३०७ जना र एक हजार ५५ जना ग्रेड वृद्धि गरेर पाँच हजार ३५८ जना विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । एसइई परीक्षा यही चैत ७ देखि १९ गतेसम्म हुँदै छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार