काठमाडौं : दक्षिण अमेरिकामा आएको शक्तिशाली आँधीका कारण हालसम्म कम्तीमा ३१ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, तीमध्ये १२ जनाको मृत्यु मिसौरीमा भएको छ ।
यस विनाशकारी आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठूलो असर पुर्याएको छ। सडकहरूमा गाडीहरू पल्टिएका छन् भने कैयौँ घरहरू क्षतिग्रस्त भएका छन् । क्यान्ससमा धुलो आँधीका कारण ५५ भन्दा बढी सवारी साधनहरू आपसमा ठोक्किएका छन्, जसका कारण कम्तीमा आठ जनाले ज्यान गुमाएका छन् ।
ट्र्याकर पावरआउटेजका अनुसार आँधीले टेक्सास, मिसौरी, इलिनोइस लगायतका छ राज्यमा बिजुली आपूर्ति अवरुद्ध गरेको छ, जसका कारण २.४ लाखभन्दा बढी घरमा अन्धकार छाएको छ । यस्तै, मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा गम्भीर मौसम चेतावनी जारी गरिएको छ । अलाबामा र अर्कान्सासका केही क्षेत्रहरूमा पनि बाढीको जोखिम रहेको जनाइएको छ ।
राष्ट्रिय मौसम सेवाले बाढी अत्यन्तै घातक हुन सक्ने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ । शनिबार बिहानै मध्य मिसिसिपीमा मौसमको खराबीबारे उच्च सतर्कता अपनाउन अनुरोध गरिएको थियो ।
प्रतिक्रिया दनुहोस्