काठमाडौं : नेपालले चार राष्ट्र सम्मिलित क्रिकेट सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार अपराह्न १२:४५ बजे सुरु हुनेछ ।
सिरिजमा नेपालले कुल ६ खेल खेलेको थियो, जसमा दुई खेलमा जित हासिल गर्दा चार खेलमा पराजित भयो । नेपालले नामिबियासँग दुवै खेल गुमाएको थियो भने युगाण्डा र हङकङसँग एक-एक खेलमा हार बेहोरेको थियो । त्यस्तै, नेपालले युगाण्डा र हङकङलाई समान एक-एक खेलमा पराजित गरेको थियो ।
तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन् । हङकङ यसअघि तालिकाको तेस्रो स्थानमा रहेको छ भने नेपाल पुछारमा छ । त्यस्तै, फाइनल प्रतिस्पर्धामा आयोजक युगाण्डा र नामिबिया उपाधिका लागि आमनेसामने हुँदैछन् ।
प्रतिक्रिया दनुहोस्