धनगढी : कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीको आयोजनामा सञ्चालित ३ दिने योग विज्ञान शिविर सम्पन्न भएको छ । शनिवार पूर्णाहुति यज्ञ हवन सहित शिविर सम्पन्न भएको हो ।
शिविरको समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्द, प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट, प्रहरी उपरीक्षक नवराज कार्की लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी कर्मचारीहरू तथा आम सर्वसाधारण गरी ७ जनाको सहभागिता रहेको थियो ।
शिविरको बिहीबार कैलाली बहुमुखी क्याम्पस धनगढीका क्याम्पस प्रमुख तोयराज भट्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । योग शिविरमा पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र प्रशिक्षकको रूपमा रहेका थिए ।
प्रतिक्रिया दनुहोस्