सुदूरपश्चिममा ‘भिटौलो’ शुरु

बैतडी : चैत महिनाको आगमनसँगै सुदूरपश्चिमका विभिन्न जिल्लामा भिटौलो पर्व सुरु भएको छ। बैतडी र दार्चुलालगायत जिल्लाहरूमा परम्परागत रूपमा माइती पक्षले छोरी-बहिनीलाई भेट्ने यो पर्व मनाउँदै आएका छन्। संस्कृतिका जानकार घनश्याम लेखकका अनुसार पहाडबाट तराईमा बसाइ सरेकाहरूले पनि यो चलनलाई निरन्तरता दिँदै आएका छन्।

दार्चुलाका गंगासागर जोशीले भिटौलो पर्वमा छोरी-बहिनीको घरमा मिठो-मसिनो पकाएर जाने र सुख-दुःख साट्ने चलन रहेको बताए। यो परम्परागत चाडले दाजुभाइ र दीदीबहिनीबीचको आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँछ। माइती पक्षले छोरी-बहिनीको सुख-दुःख बुझ्नका लागि यो महत्त्वपूर्ण अवसर मानिन्छ।

व्यापारीहरूका अनुसार, भिटौलोका कारण चैत महिनामा बजारहरूमा चहलपहल समेत बढ्ने गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार