दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका शिक्षकको उपचारका क्रममा मृत्यु

दार्चुला : दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका केशव राज जोशीको उपचारको क्रममा मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा मोटरसाइकल दुर्घटना हुदा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली घर भइ मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत शिक्षक ३६ वर्षीय केशब राज जोशी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते जोशीको उपचारको क्रममा आज विहान ज्यान गएको हो । जोशीको खुट्टा र कम्मरमा चोट लागेको थियो भने मृगौलाले काम नगरेको अस्पताल स्रोतले जनाएको छ । बौद्धिक तथा समाजसेवी युवा जोशीको निधनले सिंगो परिवार र शुभचिन्तक स्तब्ध भएका छन् ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार