धनगढीको शनिवारीय महिला उद्यम मेला बन्द भएको हल्ला

धनगढी: धनगढीको शनिवारीय महिला उद्यम मेला बन्द भएको हल्ला चलाइएको छ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको शनिवारीय महिला उद्यम मेला बन्द भएको हल्ला चलाइएको हो।

khadya

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र नगर उप–प्रमुख कन्दकला कुमारी रानाले भिडिओ सन्देशमार्फत मेला बन्द नभएको प्रतिक्रिया दिएका छन्। उनीहरूले चैत २ गते (आज) शनिवारका दिनमा मेला सञ्चालनको तयारी पूरा भएको बताएका हुन्। नगर प्रमुख गोपाल हमालले भने, शनिवारीय महिला उद्यम बजार बन्द भएको हल्ला भएको रहेछ। अहिलेको हल्लाका पछि नलागनु होला। बन्द भएपछि हामी आधिकारिक रुपमा जानकारी गराउछौ। मेलालाई सुदृढीकरण गरेर महिलाहरूलाई सशक्तीकरण गर्ने योजना हो।

धनगढी उपमहानगरपालिका–१ पार्कमोड क्षेत्रमा सञ्चालन हुँदै आएको मेलाको समय तालिका परिवर्तन गर्नै तयारी भने गरिएको छ। नगर प्रमुख हमालले मेला सञ्चालनको समय तालिका र अन्य सुधार गर्नुपर्ने पक्षका विषयमा नगर उप–प्रमुख रानासँग छलफल गर्न भनेका छन्। नगर उप–प्रमुख रानाले मेलाको तयारी पूरा भएको बताइन। उनले भनिन्, ‘महिलाहरू खाजाका परिकार, हस्तकलाका सिपहरू ल्याउदै हुनुहुन्छ। बालबालिकाको स्टेज तयारी अवस्थामा छ। सांस्कृतिक स्टेज तयारी अवस्थामा छ।’ शनिवारीय महिला उद्यम बजार बन्द भएको हल्ला फैलाइएको रानाले बताइन। मेला दिउँसो १ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको छ।

२०८१ मङ्सिर १ गतेबाट मेला सञ्चालन गरिएको हो। पहिलो दिन ६० वटा स्टलहरूबाट मेला सुरु गरिएको थियो। मेलामा निःशुल्क खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, खेलौना, स्वास्थ्यकर्मीको समेत व्यवस्था गर्ने गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार