धनगढीको मोहना नदीमा डुबेर २ जनाको मृत्यु, २ घाईते

धनगढीः धनगढीको मोहना नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँ स्थित मोहना नदीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आसिस ओझाको मृत्यु भएको छ। २ जना भने घाईते भएका छन्। सोही ठाउँ बस्ने १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा घाईते भएका छन्। घाइते दुबै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

Seti Hospital

चारै जना शुक्रवार नुहाउन गएकोमा नुहाउने क्रममा डुबेका थिए। डुबेका चार जना मध्ये २ जनालाई सकुशल उद्दार गरिएको र दुई जनालाई घटनास्थलबाट अन्दाजी ३० मिटर दक्षिण नदिमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल फुलबारीबाट संयुक्त रुपमा खटिइ खोजतलास गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार