रोकियो अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउने योजना

एजेन्सी : अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउन नासा र स्पेसएक्सले सञ्चालन गरिरहेको कार्यक्रम रोकिएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउने योजना मिसन क्रू–१० रोकिएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार सुनिता र बुचको फिर्तीका लागि स्पेसएक्सको मेशिन फाल्कन–९ लाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गर्नुपर्ने थियो तर यसमा समस्या देखिएपछि यसको प्रक्षेपण स्थगित गरिएको छ। स्पेसएक्सले मेशिनमा देखिएको समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने स्पष्ट पारेको छैन्। फाल्कन–९ लाई चार जना नयाँ अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगेर त्यहाँबाट सुनिता र बुचलाई फिर्ता ल्याउने जिम्मेवारी छ।

khadya

दुवै यात्रीले अघिल्लो वर्ष जुन ५ मा स्पेसक्राफ्टलाई अन्तरिक्षयात्रीसहित अन्तरिक्ष केन्द्रमा पुयाएर सुरक्षित फिर्ता ल्याउन सकिन्छ वा सकिँदैन भन्ने परीक्षणका लागि स्टारलाइनको अन्तरिक्ष यानबाट उडान भरेका थिए। आठ दिनपछि नै फर्कनुपर्ने उनीहरू स्पेसक्राफ्टमा समस्या आउन थालेपछि २ सय ८० दिनदेखि उतै अलपत्र परेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षयात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पिनुभएको छ। अन्तरिक्षयात्रीहरूको फिर्तीका लागि स्पेसएक्सको मेशिन फाल्कन–९ को अर्को प्रक्षेपण पर्सि शनिवार फेरि हुन सक्ने नासाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार