काठमाडौं : ‘होस्टेल ३’ले घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । प्रदर्शनको ६ दिनमा फिल्मको देशब्यापी कमाइ २ करोड २० लाख ग्रस रहेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।
रोचक के छ भने, बुधबार प्रमुख मल्टिप्लेक्सका रात्रीकालिन शो समेत लगभग शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भैरहेका थिए । फागु पर्वको सार्वजनिक बिदाको दिनमा विहीबार पनि कलेक्सन राम्रो हुने देखिएको छ ।
पहिलो साता विहीबारसम्मको कलेक्सन साढे २ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ ।
हलमा हेर्दा अधिकांश युवा दर्शक यो फिल्म हेर्न पुगेका छन् । डेढसय शोसहित शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो सप्ताहन्त पनि सुखद कमाइ गर्ने अनुमान गर्न सकिन्छ ।
सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्मले कलेज र होस्टेल जीवनको कथा भन्छ । फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, रिहान गिरी, आशिष घिमिरे, हेमा नगरकोटी, पदम तामाङ लगायतको अभिनय छ ।
प्रतिक्रिया दनुहोस्