विषादी सेवन बाट डोटीमा एक युवकको मृत्यु

डोटी : डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका–४ धौलाकाँडाका २२ वर्षीय भरत कुँवरको विषादी सेवनका कारण मृत्यु भएको हो ।

आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका उनलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो ।

khadya

थप उपचारका लागि सुजङ अस्पताल, राजपुर लगिएको भए पनि उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विषादी सेवनको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार