स्ववियु निर्वाचन  : उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन चैत ५ गते हुने छ । निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहनेलाई आजसम्मको समय सीमा तोकिएको छ । त्रिविकै विश्वविद्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनका लागि आज १ बजेसम्मको समय तोकिएको छ । 

बुधबार सम्ममा ८२ क्याम्पसमा पदाधिकारीहरू निर्विरोध भएका छन् । ०७९ को स्ववियु निर्वाचनको आँकडा अनुसार देशभर त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । ती सबैमा एकसाथ निर्वाचन गर्ने तयारी छ । इतिहास हेर्दा त्रिविमा स्ववियु निर्वाचन वि।सं २०१८-१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको छ । २०३०सम्म प्रत्येक वर्ष हुने गरेको थियो । तर वर्षैपिछे हुँदा काम गर्न समस्या भएपछि विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने गरेको छ ।

khadya

त्रिविमा वि.सं. २०७३ देखि मिश्रित प्रणालीअनुसार उपत्यकाका नौ र बाहिरका १७ क्याम्पसमा निर्वाचन भएको थियो । अन्य क्याम्पस विवादका कारण निर्वाचन हुन पाएन । प्रत्येक दुई–दुई वर्षमा हुने भनिए पनि २०६५ यता नियमित हुन सकेको थिएन । २०६५ चैत ६ गतेपछि एकैचोटी आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भयो । पछिल्लो पटक २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार