क्रियाखर्चको लागि संकलन गरिएको रकम हस्तातरण

बैतडी : क्रियाखर्चका लागि संकलन गरिएको रकम हस्तातरण गरिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–०४ उज्जलगाउँ गजेन्द्र दमाईकी श्रीमतीको क्रियाखर्चको लागि संकलन गरिएको रकम हस्तातरण गरिएको अभियन्ता बिरेन्द्र भट्टले बताउनुभयो।

दमाईको आर्थीक अवस्था निकै कमजोर भएका कारण सामाजिक सञ्जालबाट अभियान सञ्चालन गरिएको थियो। अल्पायूमै निधन भएकी श्रीमतीको क्रियागर्न समेत आर्थिक अभाव भएका कारण देश बिदेशबाट आर्थीक रकम संकलन गरिएको अभियन्ता भट्टले जानकारी दिनुभयो।

Seti Hospital

बुधबार १५ औं दिनको पुण्यतिथिको अवसर पारेर संकलन गरिएको ७६ हजार ९ सय ९१ रुपैँया नेपाली हस्तातर गरिएको जनाईएको छ। केदार आविका प्रधानाध्यापक हिराराम ओड, स्थानीय पदमराज तिवारी र हरिदत्त भट्टको उपस्थितीमा मृतकका श्रीमानलाई रकम हस्तातरण गरिएको छ।

मृतकका श्रीमान गजेन्द्र दमाई केदार आविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत हुन। श्रीमतीको क्रियाखर्चका लागि संकलन गरिएको रकमबाट आफ्नै विद्यालयमा दश हजारको अक्षयकोष स्थापना पनि गर्नुभएको छ।

स्वर्गीय श्रीमतीको सम्झनामा अक्षयकोष स्थापना गरिएको उनले बताएका छन। अक्षयकोषको रकमबाट आएको ब्याजले गरिव तथा जेहन्दार विद्यार्थीलाई छात्रबृत्ती प्रदान गरिने विद्यालयले जनाएको छ।

सहयोग गर्ने सबैलाई र अभियानमा निरन्तर खटिने सबैलाई दमाईले धन्यवाद ज्ञापन गर्नुभएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार