युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार

किभ : अमेरिकाले युक्रेनलाई बन्द गरेको सैन्य सहायता फेरि सुरु गरेको छ । पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुर्‍याउने काम पुनः सुरु भएको पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले बताएका हुन् ।

युक्रेनी सेनाले प्रयोग गर्ने स्टारलिङ्क उपग्रहले राम्रोसँग काम गरिरहेको पनि उनले  बताए । युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहासँगको वार्सामा भएको भेटपछि उनले यो बयान दिएका हुन् ।

Seti Hospital

 पोल्याण्ड र युक्रेनको सीमा नजिकै रहेका जेसोव जसियोन्का विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय सहयोग केन्द्रबाट हतियारको डेलिभरी अब पहिले जस्तै गतिमा भइरहेको सिकोस्र्कीले बताए । ‘म पुष्टि गर्न सक्छु कि जसियोन्का मार्फत हतियार आपूर्ति सामान्य रूपमा जारी छ । मेरो जानकारी अनुसार, स्टारलिङ्कले पनि राम्रोसँग काम गरिरहेको छ ।’ सिकोस्र्कीले भने ।

रुसको आक्रामकता अन्त्य गर्न दिइएको नयाँ प्रस्तावबाट पोल्याण्ड र युक्रेन दुवै खुसी रहेको पनि उनले बताए ।

युक्रेनका विदेशमन्त्रीले साउदी अरेबियामा अमेरिकासँग भएको वार्तालाई ‘धेरै महत्त्वपूर्ण, लगभग ऐतिहासिक’ भनेर वर्णन गरेका थिए ।

‘युक्रेन यो युद्ध अन्त्य गर्न चाहन्छ र एउटा न्यायपूर्ण, दिगो शान्ति स्थापना गर्न चाहन्छ,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार