खैरोहेरोइनसहित कञ्चनपुरबाट ५ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–६ बनगाउँ चौक ऐसी होटेल अगाडीबाट सोही ठाउँ बस्ने २० वर्षीय दिवस चन्द, भीमदत्त नगरपालिका–१८ बस्ने नरेश बम र बमकी श्रीमती हिरा बमसहित ३ जना पक्राउ परेका छन्।

१ दशमलव ५३ ग्राम खैरो हेरोइनसहित तिनै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Seti Hospital

यसैगरी लालझाडी गाउँपालिका–३ बल्मीबाट सोही ठाउँ बस्ने २२ वर्षीय मिलन राना र लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने २७ वर्षीय पुरन राना पक्राउ परेका छन्। यी दुबै जनालाई शुन्य दशमलव ८६ ग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार