युक्रेनले रुससँगको ३० दिने युद्धविराम स्वीकार्न तयार

एजेन्सी : अमेरिकाले सहायता र सूचना आदानप्रदान पुनर्स्थापित गरेसँगै युक्रेनले रुससँगको युद्धविराम प्रस्तावमा सहमति जनाएको छ । युक्रेनले अमेरिकाको ३० दिने युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । युद्ध अन्त्यका लागि मंगलबार अमेरिकी र युक्रेनी अधिकारीबीच साउदी अरबमा भएको भेटवार्तामा युद्धविराम प्रस्तावलाई स्वीकार गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुष्टि गरेका छन् ।

अब रुसलाई मनाउने जिम्मेवारी अमेरिकाको भएको उनको भनाइ छ । ‘यो प्रस्ताव सकारात्मक कदम हो । युक्रेन यसलाई स्वीकार गर्न पूर्ण रूपमा तयार छ। अब यसका लागि रुसलाई मनाउने जिम्मेवारी अमेरिकाको हो । मस्को सहमत हुनेवित्तिकै युद्धविराम तुरुन्तै लागू हुनेछ,’ जेलेन्स्कीले भने ।

khadya

साउदी अरेबियाको जेद्दाहमा भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनसँगका धेरै सम्झौता प्रस्तावबारे छलफल गरेका थिए । तर, युक्रेनी अधिकारीहरूले कब्जा गरेको क्षेत्रको विषयमा कुनै पनि सम्झौता गर्न तयार देखिएनन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका चार ठूला क्षेत्रहरू (डोनेस्क, लुहान्स्क, खेरसोन र जापोरोजे)मा पूर्ण नियन्त्रण चाहेका छन् । रुसले युक्रेनको २० प्रतिशत भूभाग यसअघि नै कब्जा गरिसकेको छ ।

अब प्रतिज्ञाअनुसार अमेरिकाले रसियालाई युद्धविरामका लागि मनाउने प्रयास गर्नेछ । यसैगरी युक्रेनले अमेरिकाबाट सैन्य सहयोग र खुफिया आदान प्रदान गर्नेछ। अमेरिका र युक्रेनबीचको दुर्लभ खनिज सम्झौता जतिसक्दो चाँडो पूरा गर्ने सहमति पनि भएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्ध अन्त्य गर्न कदम चाल्ने जिम्मेवारी अब रूसको भएको बताए । ‘हामी आशा गर्छौं कि उनीहरूले शान्तिको लागि मान्नेछन् । बल अब उनीहरूको कोर्टमा छ,’ उनले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिलाई स्वागत गर्दै सम्भवतः यसै हप्ता रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने वाचा गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार