कैलालीमा होली मनाउँदा यो गतिविधि गरे कारबाही

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ। आज एक सूचनामार्फत प्रशासनले होली मनाउँदा अवाञ्छित, अमर्यादित, उच्छृंखल गतिविधि गरे कारबाही गरिने चेतावनी पनि दिएका छन्।

‘होली मनाउने नाममा अवान्छित गतिविधि जस्तै जथाभावी रङ्ग लगाउने, कोही कसैको इच्छा विपरीत हानिकारक वस्तु दल्ने, प्लास्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिहरूलाई अवद्र व्यवहार गर्ने, नशालु पदार्थको सेवन गरी सार्वजनिक स्थलमा नाचगान तथा हो-हल्ला गर्ने, डोरीले बाटो छेकेर पैसा उठाउने, दुःख, हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुगाउने खलका कानुनविपरीतका क्रियाकलापहरू नगर्न अनुरोध छ,’ सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘साथै बेलुकी ९ बजेसम्म होली पर्वलाई सभ्य, मर्यादित र हर्षोल्लासपूर्वक मनाउन हुन सम्पूर्ण जिल्लावासीको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

SHIKHAR COOL TECH

कसैबाट सूचनाको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम सजाय हुने पनि चेतावनी दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार