अज्ञात रोगले बाख्रा मर्न थाले, पशु प्राविधिक गुहारदै कृषक

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिमा अज्ञात रोगले बाख्रा मर्न थालेका छन् । गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने बिजुल गाउँमा अज्ञात रोगले गाउँभरी २० भन्दा बढी बाख्रा मरेको स्थानीय शुनिल भण्डारीले बताए ।

सबै उमेश समुहका बाख्राहरुको नाकबाट शिगान बग्ने, घास, दानापानी खान छोड्ने लक्षण दिएको केही दिनमै बाख्रा मर्ने गरेको कृषक सरस्वती देवी भट्टले बताइन् । दुई चार गरी गाउँभरी अहिलेसम्म २० भन्दा बढी खसी, बाकोहरु मरीसकेको कृषक भट्टको भनाई छ । सामाजिक सञ्जालमा आएको एक भिडियोमा उनले भेटेनरी प्राविधिकलाई गुहारेकी छन् ।

Seti Hospital

आक्र्रोशित कृषक भट्टले भनिन्, ‘भेटेनरी प्राविधिक अहिले काम नलागे कहिले लाग्ने हो? नेताहरु पनि भोट माग्न मात्र आउने हुन गाउँमा बिराम आएको छ कोही आउँदैनन्, तलब खानका लागि भेटेनरी कर्मचारी बसेका हुने, दुई बाख्रा मरी सके अरु बिरामी भएका छन् छिटो औषधि चाँहियो ।’

गाउँपालिका भरीका वडाहरुमा खोप लगाएको पञ्चेश्वर गाउँपालिका पशु विकास शाखा प्रमुख गोमु पुनले बताए । उनले बिजुल गाउँ क्षेत्र खोप लगाउन छोडेको जस्तो लागेकाले केही दिन अगाडी पुगेको बताइन् । उनले आज नै पशु प्राविधिकको टिमसहित त्यो गाउँपालिका जाने तयारीमा रहेका बताइन् ।

भाइरल रोग भएकाले पशु पालक कृषकले सचेत नभए नियन्त्रण गर्ने समस्या हुने उनले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार