धनगढी र गोदावरीबाट लागू औषध सहित २ युवक पक्राउ

धनगढी : कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट बाजुराको बुढीगंगा नगरपालिका-१० बस्ने २२ वर्षीय एकेन्द्र साउँद पक्राउ परेका हुन्। एकेन्द्रलाई १ ग्राम ४८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै बिशेष सूचनाको आधारमा गोदावरी नगरपालिका-२ अत्तरीया बजार लोटस गल्लिबाट गोदावरी नगरपालिका-७ हरैया बस्ने ३१ वर्षीय बिरु साउँदलाई २ ग्राम १७० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। सोमवार पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार