अछाम : अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका(८ ओलिगाउ सुतुडाकी दुई महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले २७ वर्षीय देउरुपा बोहरा र २३ बिनिता बोहराको माटो खन्ने क्रममा पुरिएर घटनास्थलमै मृत्यु भएको जानकारी दिए । डीएसपी भण्डारीका अनुसार मृतक दुबै देउरानी–जेठानी हुन्।
प्रतिक्रिया दनुहोस्