काठमाडौँ : नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ।
चर्चित नेपाल महिला राष्ट्रिय फुटबलर साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको जनाइएको छ।
साम्बा प्याकअन्तर्गत ५० एमबीपीएस, १०० एमबीपीएस, २०० एमबीपीएस, र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध छन्।
विशेष रूपमा, १०० एमबीपीएस वा सोभन्दा माथिको वार्षीक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १०० एमबीपीएसको मूल्य ८ हजार ५०० (कर सहित)बाट सुरु हुनेछ।
भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ। उनको समर्पण, दृढता, र उत्कृष्टता ’साम्बा प्याक’का मुख्य मूल्यहरू– गति, शक्ति, र भरपर्दोपनको प्रतिविम्ब हो।
यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि भएको भायानेटले जनाएको छ।
थप जानकारीका लागि https://www.vianet.com.np/ मा भ्रमण गरेर वा भायानेटका सामाजिक सञ्जालहरूमा हेर्न सकिने जनाइएको छ। भायानेट कम्युनिकेशन लिमिटेड नेपालका अग्रणी फाइबर इन्टरनेट सेवा प्रदायकहरूमध्ये एक हो।
कम्पनीले उच्च गति, भरपर्दो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। डिजिटल युगमा व्यक्तिहरू र व्यवसायलाई सक्षम बनाउन कम्पनीले नविनतम प्रविधिहरूको प्रयोग गर्दै सेवा सुधार्न निरन्तर प्रयास गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ।
प्रतिक्रिया दनुहोस्