काठमाडौँ महानगरलाई राप्रपाले बुझायो १ लाख जरिवाना

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले तिराएको जरिवाना भरपाई गरेको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍याली गर्ने क्रममा राप्रपाले फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

khadya

आज राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेसमक्ष रु १ लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गर्नुभएको हो ।

यसबारे फेसबुकमा जानकारी गराउँदै प्रमुख सचेतक शाहीले लेख्नुभएको छ– हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौ  रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार