प्रहरीको दुर्व्यवहार विरूद्ध दिइन् पत्रकार आर्जु हमालले उजुरी

धनगढी : आइतवार धनगढीमा नेपाल प्रहरीको दुर्व्यवहारमा परेकी पत्रकार हमालले घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, नेपाल पत्रकार महासंघ र इन्सेकलाई गुहारेकी छन्।

कैलाली प्रहरीले आइतवार समाचार संकलनको क्रममा दुव्र्यवहार गरेको घटनाको सत्यतथ्य छानविन गर्न हमालले निवेदन दिएकी हुन्। आइतवार धनगढी–८ स्थित धनगढी सभा गृहको उद्घाटन कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेकी दिनेश एफएम/ दिनेशखबरकी समाचार निर्देशक आर्जु हमाललाई कैलाली प्रहरीले हातपात गर्दै दुर्व्यवहार गरेको थियो।

Seti Hospital

आइतवार दुर्व्यवहारमा परेकी पत्रकार हमालले राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, पत्रकार महासङ्घ र इन्सेकलाई घटनाको छानबिन गरिदिन आग्रह गरेकी हुन्। फागुन २५ गते आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा समाचार सङ्कलन गर्न पुगेकी हमाललाई पुरुष प्रहरी अधिकारीले हातपात गर्दै दुर्व्यवहार गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार