बैतडी : सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने गरेका छ । तर बैतडीको पञ्चेश्वर गाउँपालिकाको शसर्तमा भत्ताका लागि रकम संघ सरकारले विनियोजन नगरेपछि समस्या सिर्जना भएको छ । क्यान्सर पिडितलाइ भत्ता दिन सकेकाे छैन्र ।
निर्देशिका बमोजिम गाउँपालिकाले भत्ता पिडितको खातामा गएको चेकसहितको अनुसुची भरेर मन्त्रालय दिनुपर्छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/ ८० मा स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार प्रमोद धामीलाई भत्ता स्वरुप १५ हजार भूक्तानी दियो ।
अन्य शिर्षकको रकमबाट भत्ता भूक्तानी गरेर मन्त्रालयलाई शोधभर्नाका लागि २०८१/ १ महिना २६गते पत्र पठायो तर मन्त्रालयबाट कुनै जवाफ दिएन्र।

समय-समयमा गाउँपालिकाले मन्त्रालयलाई शोधभर्नाको लागि अनुरोध गरिरहयो तर मन्त्रालयले मतलब गरेन् । त्यसपछि गाउँपालिकाले २०८१ सालमा क्यान्सर पिडितको भत्ताका लागि कुनै प्रक्रिया थालनी गरेन् । संघको सरकारले रकम निकासा नदिने देखिएपछि पञ्चेश्वर गाउँपालिकाका ६ जना क्यान्सर पिडीत सेवाबाट बञ्चीत भएका छन् ।
‘क्यान्सर, मेराे दण्ड पक्षघात रोगका बिरामीलाई औषधि उपचारमार्फत उपलब्ध गराउने खर्च कार्यविधि २०७८ ले तोके बमोजिमको कागजात पेश गर्नु पर्नेछ। त्यो सबै प्रक्रिया पुरा गरिएको छ स्वास्थ्य शाखा प्रमुख रामसागर साहले भने, संघ सरकारले शोधभर्ना नै दिएन,। बजेट छैन कसरी खुवाउने हाे हामीले’
कार्यक्रम सुरु भएको बर्ष नै सोधभर्ना नदिएकाले संघ सरकारको कार्यक्रममा स्थानीय तहले रकम विनियोजन गर्न नसकेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
शसर्तमा हाम्रो पालिकालाई रकम नै आउँदैन कसरी दिने भने समस्या छ संघ सरकारले पञ्चेश्वरको मात्र किन रोकेको हो उनले भने, संघ सरकारले रकम दिने भए हामी अहिले नै खुवाउने थियौ, अब मन्त्रालय नै जानु पर्ने देखियो ।,
प्रतिक्रिया दनुहोस्