कञ्चनपुर : कञ्चनपुरबाट चरेस सहित प्रहरीले ३ किशोरलाई पक्राउ गरेको छ । आइतबार बेलौरी नगरपालिका – ४ शान्तीपुरबाट से ७ प ८५५१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटीको डिग्गी भित्र कालो प्लास्टिकले बाँधेर लुकाई राखेको अवस्थामा प्रहरीले ४१.८१ ग्राम लागू औषध चरेस बरामद गरेको हो ।
प्रहरीले चरेश सहित स्कुटीमा सवार सोही ठाउँका १५ वर्षीय किशोर र बैलौरी – ६ भुराकोटका १६ वर्षीय २ जना किशोरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दनुहोस्