धनगढी : कर्णाली नदीमा माछा मार्न गएका बजुराका पुसे भण्डारीको मृत्यु भएको छ। आइतवार माछा मारेर पीठ्यूँमा माछा मार्ने जाल, हातमा माछा बोकेर उनी फर्किने बेला एक्कासी चिप्लीएर कर्णाली नदीको किनारामा खसेर घाइते भए।
घाइते भण्डारीको उद्दार हुन नसकेर मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए।
पाध्यायका अनुसार मृतकको शव नदीको खोचमा रहेको बताए। भण्डारीले उद्दारका लागि आफ्न्तलाई फोन गरेका थिए। भण्डारीले फोन गरेपछि गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिकासहित आठ जना उद्दारका लागि घटना स्थल पुगे।
४ बजेतिर उनी लडेका हुन्। ५ बजेपछि आफन्त पुगे त्यहाँ पुग्दा ३८ वर्षका भण्डारीको मृत्यु भइसकेको थियो। प्रहरीको उद्दारटोली घटनास्थलमै रहेकोले कर्णालीमा बोट मार्फत शव र अड्कीएका स्थानीयलाई उद्दार गरिरहेको पाध्यायले जानकारी दिए।
प्रतिक्रिया दनुहोस्