भारतलाई तेस्रोपटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि

एजेन्सी : आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि फेरि भारतले जितेको हो । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । भारतले जितेको च्याम्पियन्स ट्रफीको यो तेस्रो उपाधि हो । a

न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । भारतलाई उपाधि जिताउन कप्तान रोहित शर्माले ७६ रन बनाए । श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे ।

khadya

न्युजिल्याण्डका माइकल ब्रेसवेल र मिचेल सान्टनरले २-२ तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए ।

भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २-२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार