काठमाडौं : नेपालले युगान्डामाथि सङ्घर्षपूर्ण जित दर्ता गरेको छ । वुमेन्स डे महिला टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा नेपालले १ विकेटको सङ्घर्षपूर्ण जित निकालेको हो ।
७६ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि साना प्रवीणले सर्वाधिक १७ रन जोडिन् । पूजा महतो १६ र रुविना क्षेत्री १० रनमा आउट भइन् ।
त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । सिरिजमा नेपालको यो पहिलो जित हो ।
प्रतिक्रिया दनुहोस्