नेप्से ४६.३३ अंकले घट्यो, १० अर्बको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से घट्दा पाँचौँ दिन पनि ‘करेक्सन’ले निरन्तरता पाएको छ ।

योसँगै आइतबार नेप्से ४६.३३ अंकले घटेर २ हजार ८ सय विन्दुभन्दा तल झरेको हो । आज नेप्से २ हजार ७७२.१० विन्दुमा झरेको छ । यस दिन कुल १० अर्ब ९ करोडको शेयर कारोबार भएको छ । कुल २ करोड २७ लाख कित्ता शेयर बिक्रीपछि यो परिमाणको कारोबार भएको हो ।

Seti Hospital

आज २४ वटा मात्रै शेयर बढ्दा २१७ वटा घटेका छन् भने २ वटा अघिल्लो मूल्यमै किनबेच भएका छन् । आज पनि गार्डियन माइक्रो लाइफको शेयरमा सकारात्मक सर्किट लागेको छ। केही सातायता निरन्तर यो शेयर १० प्रतिशतले बढिरहेको छ। यसको अन्तिम मूल्य आइतबार प्रतिकित्ता १८३९.४० रुपैयाँ पुगेको छ।

तर आज उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर भने १० प्रतिशतले घटेका छन् । तीबाहेक राप्ती हाइड्रो र समाज लघुवित्तको क्रमशः ८.८७ प्रतिशत र ७.२८ प्रतिशतले गिरावट देखिएको छ ।

कारोबारतर्फ भने आज पनि हिमालय रिइन्स्योरेन्सको १ अर्ब १२ करोडको सेयर किनबेच भएको छ। दोस्रो धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको छ । कम्पनीको ५९ करोडको, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५५ करोड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४५ करोड र सीईडीबीको ३० करोडको कारोबार भएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार