च्याम्पियन्स ट्रफी फाइनल : भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै न्युजिल्यान्ड

काठमाडौं : आ‍ईसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल न्यूजिल्यान्ड र भारतबीच दुबईमा सुरू भएको छ । टस जितेको न्यूजिल्यान्डले पहिले ब्याटिङ रोज्यो ।

दुबई इन्टरनेसनल क्रिकेट रंगशालामा भइरहेको खेलमा भारतले यसअघि सेमिफाइनल जितेकै टीम उतारेको छ । न्यूजिल्यान्डले भने एक परिवर्तन गर्न वाध्य भयो । टीमका प्रमुख बलर म्याट हेनरीले चोटका कारण फाइनल गुमाएका छन् । उनको स्थानमा नाथन स्मिथलाई खेलाइएको छ ।

Seti Hospital

भारतले लगातार तेस्रोपटक फाइनल खेलेको हो । अघिल्लो संस्करणमा पाकिस्तानसँग भारत पराजित भएको थियो । त्यसअघि ईंग्ल्यान्डलाई फाइनलमा हराउँदै भारतले उपाधि जितेको थियो । न्यूजिल्यान्डले सन् २००० मा भएको च्याम्पियन्स ट्रफी जितेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार