त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनुभन्दा घन्टौं अगाडिबाट त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु भएको छ । बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नाराबाजी गरिररहेका छन् ।

प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’, ‘गणतन्त्र मुर्दावाद’ ‘हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका छन् । राजावादीहरूको प्रदर्शनका कारण यस क्षेत्रको यातायात अवरुद्ध बनेको छ ।

Seti Hospital

प्रहरीले प्रदर्शनकारीलाई सम्झाउने प्रयास गरिरहेको छ । कुनै आयोजकको ब्यानर नरहेको भिडमा उपस्थितहरुले राष्ट्रिय झण्डा बोकेका छन् । प्रहरीले विमानस्थलको गेटबाट पस्न कडाइ गरेपछि नारावाजी सुरु भएको थियो ।

काठमाडौंका विभिन्न स्थानबाट राजावादी कार्यकर्ताहरु एयरपोर्ट आउँदैछन् । दुर्गा प्रसाईंका समर्थकहरु अहिले तीनकुनेमा जम्मा भएका छन् । उनीहरु एकत्रित भएर एयरपोर्ट जाने तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार