‘होस्टल–३’ को क्लिप टिकटकमा छ्यापछ्याप्ती, कानुनी उपचार खोज्ने निर्देशको चेतावनी

काठमाडौं : फागुन २३ बाट प्रदर्शनमा आएको फिल्म ‘होस्टल–३’ ले दर्शकबाट राम्रो साथ पाइरहेको छ । उच्च अकुपेन्सीका साथ तेस्रो दिनमा प्रदर्शनरत छ ।

अर्कोतर्फ फिल्मका क्लिपहरु सामाजिक सञ्जाल टिकटक छ्याप्छ्याप्ती भेटिन थालेका छन् । ती क्लिपमा फिल्मका महत्त्वपूर्ण दृश्यहरू पनि देख्न सकिन्छ ।

Seti Hospital

यसले फिल्मको कथावस्तु खुलाउने जोखिम बढेको छ । ती क्लिपहरु फिल्म हेर्न हलमा पुगेका दर्शकले खिचेर हालेको पाइएको छ । फिल्मका निर्देशक सशान कँडेलले यस्ता क्लिपहरु सार्वजनिक हुनुलाई पाइरेसी बताएका छन् । साथै, उनले तत्कालन ती क्लिपहरु हटाउन आग्रह गरेका छन् ।

निर्देशक कँडेलले ती क्लिपहरु नहटाए कानुनी उपचारमा लाग्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंलाई तत्काल ती क्लिप्स हटाउन अनुरोध गरिन्छ । अन्यथा नेपाल प्रहरी साइबर ब्युरोमार्फन् कानुनी कारबाही गरी फिल्मलाई भएको आर्थिक क्षतिपूर्ति तपाईंबाटै असुल गरिने जानकारी दिइन्छ ।’

अधिकार प्राप्त नभएका व्यक्ति वा संस्थाले यसरी क्लिप राख्नु अपराध हो । यसलाई प्रतिलिपि अधिकार उल्लङ्न गरेको मानिन्छ । प्रतिलिपि अधिकार ऐन २०४९ अनुसार यसरी अधिकार नभएका व्यक्तिले फिल्मका दृश्य सार्वजनिक गर्दा १० हजारदेखि एक लाखसम्म जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुनसक्छ ।

निर्देशक कँडेलको चेतावनी :

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsashan.kandel%2Fposts%2Fpfbid02rHSf1fiUsm453JFJMHjefjvUFGGhXAZCFCg3GZgF5A4Xpf9tuf1VSA79BqWqGaEyl&show_text=true&width=500

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार