सुडानमा हैजाका कारण २ हप्तामै ९२ जनाको मृत्यु

काठमाडौं : सुडानमा हैजाको प्रकोप फैलिँदा २ हप्तामै ९२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५ वर्षमुनिका ५ सहित १८ जना बालबालिका रहेका सुडानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सामाचार संस्था एपीले जनाएको छ ।

सुडानको ह्वाइट नाइल राज्यमा फेब्रुअरी २० पछि हैजा फैलिएको हो । त्यसपछि कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा २ हजार ७ सय १८ जना बिरामी भर्ना भएका थिए ।

khadya

फेब्रुअरी १६ मा विद्रोही समूह पारामिलिटरी र्‍यापिड सपोर्ट फोर्सेसु ९आरएसएफ० ले एउटा पावर स्टेशनमा आक्रमण गरेपछि बिजुली आपूर्ति बन्द भएको थियो । बिजुली आपूर्ति बन्द भएसँगै सरकारी संयन्त्रले वितरण गर्ने पानीको आपूर्ति बन्द भएको र मानिसहरूले अरू स्रोतको पानी प्रयोग गर्दा पानीजन्य रोग हैजा फैलिएको मन्त्रालयले जनाएको छ ।

सुडानी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२४ को जुलाईदेखि गएको मङ्गलवारसम्ममा ५७ हजार १ सय ३५ जनामा हैजा पुष्टि भएको छ । उनीहरूमध्ये १ हजार ५ सय ६ जनाको ज्यान गइसकेको छ ।

सुडानमा सन् २०२३ को अप्रिलदेखि सशस्त्र सेना र आरएसएफबीच युद्ध चलिरहेको छ । युद्धका कारण कम्तीमा २९ हजार ६ सय ८३ जनाको ज्यान गएको छ । युद्धका क्रममा प्रत्यक्ष ज्यान गुमाउनेसँगै हैजालगायतका रोगको सङ्क्रमण र कुपोषण तथा भोकमरीको समस्यासमेत बढिरहेको एपीको खबरमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार