बैतडीका एक युवक मलेसियाबाट बेपत्ता

बैतडी : बैतडीका एक युवक मलेसियाबाट बेपत्ता भएका छन्। जिल्लाको मेलौली नगरपालिका–८ कोटिगाउँका २८ बर्षीय मिनसिंह ठगुन्ना मलेसियाबाट बेपत्ता भएका हुन्। रोजगारीको सिलसिलामा मलेसियामा रहेका ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहिन भएका उनका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए। उनी मलेसियाको रमाटेक्स कम्पनीमा काम गर्थे।

ठगुन्ना पछिल्लो १० बर्षयता मलेसियामा रोजगारी गर्दै आएका थिए। कोठामै काम गर्ने सिलसिलामा टाउकोमा चोट लागेका ठगुन्ना चोट लागेको चार–पाँच दिनपछि बेपत्ता भएका उनका आफन्तले जनाएका छन्। टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासि कोठाबाट भागेको उनीसँगै कोठामा बस्दै आएका अर्का नेपालीले जानकारी गराएको बहादुरसिंह ठगुन्नाले बताए।

Seti Hospital

उनी मोबाइल कोठामै छाडेर बेपत्ता भएका बताइएको छ। ठगुन्नाले काम गर्दै आएको कम्पनीले ठगुन्ना सम्पर्कमा नरहेको त्यहाँको प्रहरीलाई जानकारी गरेर उनको कोठा समेत खाली गरिदिएको छ। बेपत्ता भएका ठगुन्नाको खोजीमा आवश्यक पहल गरिदिन मेलौली नगरपालिका वडा नम्बर ८ को कार्यालयले मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको वडा अध्यक्ष तपेन्द्रसिंह बिष्टले बताए।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सचिवालयले पनि बेपत्ता ठगुन्नाको खोजीमा आवश्यक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार