पूर्वराजा ज्ञानेन्द्रलाई गृहमन्त्रीको चेतावनी : नहाैसिनुस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनताबाट अस्वीकृत भइसकेका राजाले लोकतन्त्रलाई कमजोरीका रूपमा नलिन चुनाैती दिए ।

‘केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ उनले भने, ‘त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन ।’ 

Seti Hospital

आन्दोलनबाट फालिसकेका राजाले नेपालमै बसेर स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै भएको उनले बताए । यस्तै, गृहमन्त्री लेखकले विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्न स्थापना गरिएकाे प्रादेशिक आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरेका हुन् ।

पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्को जोखिममा रहेकाले संघीय सरकार मातहत रहेको गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएकाे गृहमन्त्री लेखकले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार