पूर्वराजाको पक्षमा ककसले गर्दैछन् प्रदर्शन ?

काठमाडौँ : सातदिन लामो पोखरा यात्रापछि पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) काठमाडौँ उत्रदैछन्। उनी दिउँसो १ बजे त्रिभुवन विमानस्थलमार्फ ज्ञानेन्द्र काठमाडौँ आइपुग्नेछन्।

उनलाई स्वागत गर्न राजावादी समूहहरू विमानस्थल नै पुग्दैछन्। पूर्वराजाप्रति सुभेक्ष्या राख्ने दलहरू राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र्‍यालीसहित सोही स्थान पुग्नेछन् भने विभिन्न संघसंस्थाका प्रतिनिधि पनि विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारीमा छन्।

शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन्। राजावादीहरु पनि उनलाई पुर्‍याउन र्‍यालीसहित निर्मल निवाससम्म पुग्ने छन्। राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार