सुपरहिट गीत ‘नसा नसामा’ १३ वर्षपछि भाइरल

काठमाडौं : यो साता सबैभन्दा बढी चर्चामा रहेको गीत हो- ‘नसा नसामा’ । यही गीतमा टिकटक मनग्य संख्यामा बनेका छन् । यो गीत भाइरल भएको छ ।

विसं २०६८ वैशाखमा यो गीत सार्वजनिक भएको थियो । यस गीतमा गायिका विष्णु माझी र गायक कुलेन्द्र विश्वकर्माको स्वर छ । यसको शब्द प्रल्हाद सुबेदी र लय बसन्त थापाको छ ।

Seti Hospital

१३ वर्षपछि यो गीत कसरी भाइरल भयो त ? गीत पुन: चर्चामा आउनुको जस भने भाइरल जोडी जोगेन्द्र बादी र राधिका बादीलाई जान्छ ।

यो जोडीले उक्त गीत गाउँदै गरेको भिडियो पत्रकार प्रकाश सिंहले सार्वजनिक गरेका हुन् । यो जोडीलाई बाजुरमामै गीत गाउँदै पैसा सङ्कलन गर्दै गर्दा पत्रकार प्रकाशले भेटेका थिए ।

यो जोडी बाजुराका स्थानीय हुन् । उनीहरुले गीत गाउँदै आफ्नो दैनिकीका लागि आर्थिक जोहो गर्थे ।

यो जोडीले निकै रौसका साथ उक्त गीत गाएका थिए । सबैले यो उनीहरुको प्रस्तुति मन पराए । उनीहरुकै आवाजको गीतमा टिकटक बन्न क्रम बढ्यो । यही कुराले १३ वर्ष पूरानो गीत पुन: चर्चामा ल्यायो ।

चर्चामा आएसँगै मिडियाहरुले यो बादी जोडीलाई खोज्ने क्रम बढेको थियो । तर फागुन १८ गते राधिकाको मृत्यु भएको खबर बाहिरियो । दुई दिनदेखि बिरामी परेका कारण उनले कालिकोटमा प्राण त्याग गरेकी थिइन् ।

बादी जोडीले यो पूरानो गीतलाई फेरि एक पटक दर्शकश्रोतालाई स्मरण भएको छ । सर्जकले राम्रो सिर्जनमा पस्कने दशकपछि पनि गीत चर्चामा आउँछ भन्ने यो एक उदाहरण पनि हो ।

‘नसा नसामा’ गीतको भिडियो :

जो छन् ट्रेन्डिङमा !

यो साता ट्रेन्डिङको शीर्ष स्थानमा नेपाली र्‍याप गीत छ । दोस्रो स्थानमा भारतीय र्‍यापर हनी सिंह छन् ।

तेस्रो स्थानमा गायक प्रकाश सपूतको निर्देशन रहेने फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादै’को छ । यो गीतमा प्रकाशका भाइ देबेन्द्र बब्लुको स्वर छ । गीतको शब्द प्रकाश र देबेन्द्र दुवैको हो ।
गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी, गायक देवेन्द्र बब्लु फिचर्ड छन् । गीतको भिडियो हरर रोमान्टिक शैलीमा निर्माण गरिएको छ ।

प्रकाशले फिल्मको प्रचार सामाग्रीका रुपमा पाँच दिन यो गीत सार्वजनिक गरेका हुन् । यो गीतले ८ लाखभन्दा बढी भ्युज पाएको छ ।

यो गीत सार्वजनिक पश्चात प्रकाशले फिल्मका प्रचार सामग्रीका रुपमा फितलो गीत सार्वजनिक गरेको टिप्पणी आएका छन् । हुन पनि यसअघिका उनका सिर्जना युट्युब ट्रेन्डिङको शीर्षस्थनामा सहज पुग्ने गरेका थिए । ती गीत विभिन्न कोणले बहस पनि हुने गरेको थियो ।

त्यस्तै ट्रेन्डिङको चौथोस्थानमा फिल्म ‘लाज शरणम्‘को प्रचारात्मक गीत ‘नेपाल हाँसेको’ छ । यस र्‍याप गीतको लेखक र गायक काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह हुन् । अघिल्ला दुई साताभन्दा बढी यस गीतले ट्रेन्डिङको शीर्षस्थान कब्जा गरेको थियो ।

ट्रेन्डिङको छटौंस्थानमा दुर्गेश थापाको शिवरात्रि लक्षित गीत ‘बम बम भोले’ छ । सातौं स्थनामा गायक साज्जनराज वैद्यको गीत ‘एकादेशमा’ छ ।

फिल्मका नयाँ गीत

गत फागुन १४ गते तीन फिल्म ‘मायावी’, ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली‘ प्रदर्शनमा आए । तीनै फिल्मको ग्रस कलेकस्न सुखद बन्न सकेन । यिनै तीनै फिल्मका नयाँ गीत सार्वजनिक भएका छन् ।

६ दिन अघि ‘मायावी’को गीत ‘तिमीसँगै हास्न मन छ’ सार्वजनिक भएको हो । यस गीतमा एसडी योगीको स्वर संगीत रहेको छ । शब्द भने राम अविरल विस्टले लेखेका हुन् ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक पल शाह र नायिका दिपिका प्रसाईं फिचर्ड छन् । यो फिल्म भने दर्शकको साथ नपाउँदा हलबाट उत्रिसकेको छ ।

‘लाज शरणम्’को गीत ‘च्यातिएको चोली’ लिरिकल भिडियो ६ दिनअघि नै सार्वजनिक भएको हो । यस गीतमा शब्द र संगीत वसन्त उदासको छ । गायक भने सुरज पण्डित हुन् ।

त्यस्तै, ६ दिनअघि नै फिल्म ‘रेशम फिलिली’को गीत ‘कहिले घाम‘ सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्मका नायक विनय श्रेष्ठ र नायिका सुपुष्पा भट्ट फिचर्ड छन् ।

यस गीतको गायक सुगम पोखरेल हुन् । कल्याण सिंहको संगीत रहेको यो गीतको शब्द हर्क साउदले लेखेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार