चार देशीय टी – २० श्रृखलामा नेपालले पहिलो खेल नामिविया बिरुद्ध खेल्ने

काठमाडौँ : युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे हुनेछ।

उक्त शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ।

सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई÷दुई खेल खेल्नेछन्। त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ।

त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन्।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छ्न्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार