बैतडी : गोली प्रहार गरि भाईको हत्या गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका(८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई पक्राउ गरेको छ। कर्णबहादुरलाई भारतको धार्चुलाबाट आज दिउँसो पक्राउ गरिएको हो।
गत शनिबार भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहार गरि हत्या गरेका कर्णबहादुरले त्यसपछि बन्दुकसहित फरार रहेका थिए। फरार कर्णबहादुरलाई मोबाइलको लोकेशनको आधारमा पक्राउ गर्न सफल भएका एक प्रहरी अधिकारीले बताउनुभयो ।
भारतीय सीम प्रयोग गरेका कर्णबहादुरलाई दार्चुलाको पारी भारतको धारचुलानजिकबाट पक्राउ गरिएको हो। पक्राउ परेका कर्णबहादुरले नेपाल ल्याउने तयारी भएको र त्यसपछि सार्वजनिक गरिने जनाएको छ।
भाइको हत्यापश्चात कर्णबहादुर बन्दुकसहित भागेका थिए। बन्दुकसहित भागेकाले प्रहरीले इन्काउन्टर समेतको योजना बनाएर कर्णबहादुरलाई पक्राउ गर्ने योजना बनाएको थियो।
कर्णबहादुर शिकारी रहेकाले सिकार गर्दै यसअघि पनि कयौंदिन जंगलमै बस्ने गरेका थिए। फरार रहेका कर्णबहादुर यसअघि हातहतियार ओसारपसारको मुद्दामा मुछिएका व्यक्ति समेत हुन्।
लेनदेनको विषयमा विवाद हुँदा शनिबार बेलुका ८ बजेतिर घर नजिकैको होटेलमा खाना खाइरहेका बेला यातायात व्यवशायी समेत रहेका सुरेन्द्रमाथि कर्णबहादुरले गोली प्रहार गरेका थिए। सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रूपैयाँ असुल गर्नुपर्ने र सोहि विषयमा विवाद भएको र त्यसपश्चात गोलीकाण्ड भएको खुल्न आएको छ।
गोली प्रहार लगत्तै सुरेन्द्रलाई स्थानीयबासिन्दाले उपचारका लागि जिल्ला अस्पताल पुर्याए। अस्पताल पुर्याउदा चिकित्सकले शनिबार राति नै मृत घोषणाा गरेका थिए।
प्रतिक्रिया दनुहोस्