कैलालीको बढैपुरमा युवाहरूको २ समूह बिचमा ग्याङ्ङ फाइट

धनगढी : कैलालीको बढैपुरमा युवाहरूको ग्याङ्ङ फाइट भएको छ। जिल्लको गौरीगंगा नगरपालिका–८ बढैपुरमा युवाहरूको २ समूहको बिचमा झगडा भएको हो।

शुक्रवार दिउँसो २३ वर्षीय तेजेन्द्र कलेल, २५ वर्षीय खगेन्द्र बाठामगर, पारस बम, रेविल बम र राजन बमको पाँच जनाको समूहले बढैपुरका २७ वर्षीय गणेश तिवारी र २५ वर्षीय सुरेश धामीमाथि आक्रमण गरेका कैलाली प्रहरीले बताएको छ।

गणेश तिवारीको घाँटीमा २ ठाउँ चोट लागेको छ। उनको मुखमा पनि चोट लागेको छ। तिवारीका हातका २ औँला पनि काटिएका छन्। उनको परिवारका सदस्यहरूले चाकु, रड र बियरका बोतलहरूले कुटपिट भएको बताएका छन्।

तर, प्रहरीले हतियार प्रहार भएको विषयमा जानकारी नभएको बताएको छ। तिवारीको धनगढीस्थित मयामेट्रो अस्पतालमा उपचार हुँदैछ। तिवारीको परिवार मुद्दा दर्ताका लागि प्रहरी कार्यालयमा पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार