एलिना र दुर्गेश बने फेब्रुअरीमा ‘युट्युब चार्ट’मा धेरै हेरिने नेपाली संगीतकर्मी

काठमाडौं : दुर्गेश थापा र एलिना चौहान पछिल्लो एक महिनामा युट्युब चार्टमा नेपालभित्र धेरै हेरिने/सुनिने नेपाली संगीतकर्मी बनेका छन् । पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ले यी दुईलाई चार्टमा माथि ल्याएको हो ।

फेब्रुअरी ४ देखि मार्च ३ सम्मको ‘युट्युब चार्ट’को डेटाअनुसार, एलिना चौंथो स्थानमा छिन् भने दुर्गेश छैटौं स्थानमा छन् । पहिलो स्थानमा भारतीय गायक अरिजित सिंह, दोस्रोमा अल्का यागनिक, तेस्रो उदितनारायण छन् । उदितपछि चार्टमा एलिना छिन् ।

Seti Hospital

३ करोडभन्दा धेरै पटक हेरिएको ‘दुश्मन हेरेको हेर्‍यै’मा एलिना र दुर्गेशले सहकार्य गरेका छन् । पछिल्लो समय डिभोर्सको कारण चर्चामा आएकी एलिनाका अन्य गीतहरू बटौली मुन्तिर, हर हर महादेव, एक्लैपनि जिन्दगी, आमा, पानी घट्टामा पनि धेरै हेरिएका गीतको सूचीमा छन् ।

गीतसँगै दुर्गेश अन्य कारणले पनि विवाद र चर्चामा आइरहन्छन् । युट्युब चार्टमा उनको गीत ‘दुश्मन हेरेको हेर्‍यै’बाहेक बम बम भोले, रिसको बेलामा, कि दुर्गेश रेलैमा धेरै हेरिएका, सुनिएका गीतअन्तर्गत पर्छन् ।

चार्टको पाँचौ स्थानमा भारतीय गायिका श्रेया घोसाल छिन् । सातौंमा समीक्षा अधिकारी, आठौंमा आनन्द अधिकारी, नवौंमा शिल्पराज, दशौंमा कुमार सानु, एघारौंमा खेसारीलाल यादव छन् । शान्तिश्री परियार चार्टमा १२ औं स्थानमा हुँदा सुशान्त केसी चौधौं स्थानमा छन् । युट्युबले स्ट्रिमिङ ट्रेन्डअनुसार साता र महिनैपिच्छे म्युजिक चार्टको सूची हेरफेर गरिरहन्छ । युट्युब चार्टमा नेपाल लोकेसन भनेर त देखाउँदैन तर कस्ट्युम सर्च गरेर यसबारे विवरण पाउन सकिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार