बैतडी पुगेर गृहमन्त्रीले लिए शान्तिसुरक्षाबारे जानकारी

बैतडी : गृहमन्त्री रमेश लेखकले बैतडीको शान्ति सुरक्षाका बारेमा जानकारी लिएका छन् । आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्ति सुरक्षाका बारेमा जानकारी लिएका हुन् । गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । 

उनले भने, ‘खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्ति सुरक्षा र विपद्को विषय जानकारी लिनुभयो, साथै आवश्यक निर्देशनसमेत दिएर जानुभयो । शान्ति सुरक्षा, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् । 

Seti Hospital

गृहमन्त्री लेखक बैतडीपश्चात् बझाङका लागि प्रस्थान गरेका छन् । बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार