लागू औषध सहित कञ्चनपुरबाट ४ जना पक्राउ 

अत्तरिया : कञ्चनपुरबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन् । बिहीबार प्रहरीले भीमदत्त नगरपालिकाबाट एक युवती सहित ४ जनालाई लागू औषध सहित पक्राउ गरेको हो ।

भीमदत्त नगरपालिका – १५ गोबरीया राधाकृष्ण टोलबाट स्थानीय लक्ष्मण अर्याल, भीमदत्त नगरपालिका –१८ का २५ वर्षीय कमल चन्द र २१ वर्षीय रोशन शाही पक्राउ परेका छन् । उनीहरूको साथबाट ०.९६ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Seti Hospital

यस्तै बिहीबार नै भीमदत्त नगरपालिका – ११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट लागू औषध सहित शुक्लाफाँटा नगरपालिका – १ की २१ वर्षीय यशोदा राना र शुक्लाफाँटा नगरपालिका – ३ का २७ वर्षीय प्रवेश धामी पक्राउ परेका छन् । उनीहरूको साथबाट १.६४ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार