सिप मेलामा फास्ट फूडको तालिम लिनेहरू दैनिक चार हजार कमाउदै

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–५का सन्तोषराज उपाध्याय कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको चौथो वर्षमा अध्ययन गर्दै आएका छन्। उपाध्यायले एक महिनादेखि थ्री स्टार बोडिङ्ग स्कुलको पूर्व तिर पोटली घर सञ्चालन गरेका छन्। उनले नास्ताका परिकारहरू बनाउदै आएका हुन।

धनगढीमा सिप तथा रोजगार मेला सञ्चालन हुने भएपछि उनले फारम भरे। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सिप तथा रोजगार मेलाबाट उनले फस्ट फूडका परिकारहरू बनाउन सिकेका छन्। पोटली घरबाट दैनिक चार हजारसम्म आम्दानी हुन थालेको सन्तोषराजले बताए। उनले भने, ‘एक महिना भयो, फास्ट फूड खोलेको छु। सिप थिएन। सिप सिक्नका लागि सिप तथा रोजगार मेलामा आएको हो।

Seti Hospital

धनगढी उपमहानगरपालिका–५ हसनपुरकी सुस्मिता सुरी गृहिणी हुन। उनले होटेल सञ्चालन गर्ने योजना बनाएकी थिइन। तर, नास्ताका परिकार बनाउने सिप नभएकाले उनको योजना रोकिएको थियो। धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेला सञ्चालन गर्नै समाचार सुनेपछि उनले फारम भरिन्। सिप तथा रोजगार मेलामा फास्ट फूडका परिकार बनाउन सिप सिक्ने भन्दै उनले फारम भरेकी हुन।

उनले फास्ट फूडका परिकारहरू बनाउन सिकेकी छन्। निसर्ग अस्पताल क्षेत्रमा नास्ता पसल सञ्चालन गर्ने सोचमा उनी थिइन। तर, सटर नपाएपछि शिवनगरमा नास्ता पसल सञ्चालनको योजना उनले बनाएकी छन्। तालिम पूरा भएपछि चटपटबाट नास्ता पसल सञ्चालन गर्ने र वैशाखबाट नास्ताका परिकारहरू बनाउने उनले बताइन्। दीपक चौधरी उसुका खेलाडी हुन। उनी कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आएका छन्। तीन महिनादेखि उनले धनगढीमा नास्ता पसल सञ्चालन गर्दै आएका छन्।

मोती चोकमा उनको हाम्रो फास्ट फूड एण्ड खाजा घर छ। धनगढी उपमहानगरपालिकाको सिप तथा रोजगार मेलाबाट नास्ताका परिकार बनाउने सिप सिकेपछि उनी मक्ख भएका छन्। उनले खाजा घरमा नास्ताका परिकारमा वृद्धि गर्ने योजना बनाएका छन्। कैलालीको गौरीगंगा–८ बढैपुरका प्रदीप चौधरी पनि सिप सिकेपछि मख्ख भएका छन्। उनले भने, फास्ट फूडको तालिम लिएका छौ। हामी पूर्ण जान्ने भएको होइन। तर, सिप सिकेका छौ। अनुभव नभएपनि सिप भएको छ।’

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सिप तथा रोजगार मेलामा पकौडी, समोसा, चाउमिनका परिकार, छोला समोसा, मःम, भटौरा, पुरी, मञ्चुरेन लगायतका नास्ताका परिकारहरू बनाउन सिकाइएको छ। प्रशिक्षक जयराज शर्माले ५० जनालाई तालिम दिएको बताए। उनले नास्ताका २८ परिकार बनाउन सिकाएको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार