खैरोहेरोइनसहित कञ्चनपुरबाट एक युवती र चार युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१५ गोबरीया राधाकृष्ण टोलबाट सोही ठाउँ बस्ने लक्ष्मण अर्याल, भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय कमल चन्द र २१ वर्षीय रोसन शाही पक्राउ परेका छन्।

यी तीनै जनालाई शुन्य दशमलव ९६ ग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

SHIKHAR COOL TECH

यसैगरी भीमदत्त नगरपालिका–११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट शुक्लाफाँटा नगरपालिका–१ बस्ने २१ वर्षीया यशोदा राना र शुक्लाफाँटा नगरपालिका–३ बस्ने २७ वर्षीय प्रबेश धामी पक्राउ परेका छन्।

यी दुई युवक र युवतीलाई १ दशमलव ६४ ग्राम खैरो हेरोइनसहित लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बिहीवार पक्राउ परेका यी पाँचै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार