सुस्ताएको सुदुरपश्चिम सरकार,खर्च प्रगति झण्डै २० प्रतिशत मात्र

धनगढी : सुदूरपश्चिम सरकारको खर्च प्रगति विवरण जम्मा २० प्रतिशत जति मात्रै रहेको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को फागुन २० गते सम्म कुल बजेटको १९.९७ प्रतिशत खर्च भएको प्रदेश नियन्त्रक कार्यालयका प्रमुख यज्ञराज पाण्डेयले जानकारी दिए ।

चालु आर्थिक बर्षको फागुन सम्म चालु तर्फ ३०.८८ खर्च भएको छ । यस्तै पुँजीगत तर्फ २०.१५ प्रतिशत खर्च भएको विवरण लेखा नियन्त्रण कार्यालयसँग छ ।

Seti Hospital

कुल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेको थियो । जस्मा चालु तर्फ १२ अर्ब ८५करोड ७४ लाख ०५ हजार र पुँजीगत तर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार मध्ये आर्थिक बर्षको अधिक समय सकिदा पनि खर्चको प्रगति विगतका बर्षहरुको जस्तै न्युन रहेको छ ।

चालु आर्थिक बर्षमा पनि यसै गतिमा बजेट खर्चको दर जाने हो भने असारे विकासको खर्च अधिक हुने संकेत देखिएको छ । आर्थिक बर्ष सकिनै लाग्दा मात्रै खर्च एक्कासी बढ्ने प्रवृति विगतका बर्षहरुमा पनि अधिक रहेको देखिन्छ ।

अधिकांश प्रदेश गौरवका आयोजनाहरु अलपत्र पर्नुमा सरकारकोे बजेट खर्च गर्ने शैलि पनि एक मुख्य भएको छ । हाल प्रदेशका अधिक विकास निर्माणका आयोजना बजेट अभावले समेत ठप्प भैरहदा प्रदेश सरकारको बजेट खर्चको दर कुछुवाको गतिमा गएकाले प्रदेश भरिकै विकासका कार्य पनि सुस्त गतिमा छन् भन्ने संकेत गर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार