काठमाडौँ । सुदूरपश्चिम प्रदेशको रेफरल सेन्टर सेती प्रादेशिक अस्पतालमा भ्याक्सिन सकिएको छ । अस्पतालमा एन्टी रेबिज भ्याक्सिन सकिएको हो ।
अस्पतालमा भ्याक्सिन सकिएको अस्पतालका सूचना अधिकारी कृष्ण प्रसाद श्रेष्ठले पुष्टी गरेका छन् ।
श्रेष्ठका अनुसार एआरभी भ्याक्सिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाटै प्राप्त नभएपछि अस्पतालमा अभाव भएको भएको हो ।
त्यसो त अस्पतालमा यो भ्याक्सिन नि:शुल्क दिईदै आएको थियो । तर भ्याक्सिन नै सकिएपछि हाल सेवा अवरुद्द भएको छ । सेवा अवरुद्द हुँदा पनि भ्याक्सिन उपलब्ध गराउने विषयमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले चासो देखाएको छैन ।
अस्पतालका अनुसार सेती प्रादेशिक अस्पतालबाट मासिक ७ सय देखि ७ सय ५० जनाले यो सेवा लिंदै आएका थिए । तर भ्याक्सिन सकिएर सेवा अवरुद्द हुँदा हाल दैनिक ३० जना सेवाग्राही सेवाबाट बन्चित भएका छन् ।
अस्पतालमा भ्याक्सिन सकिएपछि फ्रिमा पाइने सेवाका लागि सेवाग्राहीहरु महँगो मूल्य तिर्न बाध्य बनेका छन् ।
प्रतिक्रिया दनुहोस्