नेप्से परिसूचक सामान्य अंकले घट्यो !

काठमाडौं : नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ अंकमा अडिएको छ। 

यसदिन ३१० स्क्रिप्सको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भयो। यससाता आइतबारबाहेक अरू दिन नेप्से परिसूचक घटेको थियो।  

नेप्से परिसूचक घटे तापनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, उपकार लघुवित्त  र राप्ति हाइड्रोको सेयर सर्किट लेभलमा कारोबार भयो। 

कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १  अर्ब १२ करोड ८३ लाख बढीको सेयर कारोबार भयो। आज बैंकिङ, विकास बैंक,  म्यानुफ्याक्चर र माइक्रोफाइन्स समूहका सूचक बढेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार